राज्यको परिकल्पना गरेपछि संचालनका निम्ति आवश्यक प्रमुख औजार भनेको संविधान अर्थातमुल कानून हो। सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा स्थापित गरी आर्थिक, राजनीतिक, र सामाजिक विकास गर्ने संविधानको पुनीत उद्देश्य हुन्छ। संविधानले संम्पूर्ण सार्वभौमसत्ता तथा राजकीयसत्ता निहित जनतामा भन्दछ । मुलुकको संविधान निर्माण गर्ने र राज्य व्यवस्था संचालन गर्ने अधिकार जनताको मात्र हो। अर्को अर्थमा समग्र राज्यपद्धतिमाथि जनताले आफ्नो स्वामित्व र अपनत्व स्थापित गर्ने माध्यम संविधान हो। संविधान सम्पूर्ण जनताको चासो र समर्थन प्राप्त देशको मूल कानुन हुने भएकाले संविधान निर्माणको प्रक्रियामा सबै जनता र पक्षको सहमति र सहभागिता प्रोत्साहित गर्न आवश्यक हुन्छ।
संविधान राज्य संचालन गर्नका लागि आवश्यक तत्व मात्रै नभै राज्यका सम्पूर्ण जनताको अधिकार प्रत्यभूति गर्ने आधार हो। संविधान शासक र शासितबीच संतुलन कायम गर्ने एउटा महत्वपूर्ण लिखत हो। एउटा संविधानले धेरैवटा महTवपूर्ण कार्यहरू सम्पादन गदर्छ। यसले राज्यलाई, जसभित्र विभिन्न स्वार्थ समूहहरूको सह–अस्तित्व रहेको हुन्छ, वैधानिकता र वैधता प्रदान गर्दछ। यसले राज्यको आधारभूत संरचना प्रदान गर्दछ, जसको वरिपरि राजनीतिक प्रक्रिया संचालन भएको हुन्छ। संविधानले भेदभाव, असमाहिकरण, पहिचान र इतिहास तथा सांस्कृतिको पुनर्व्याख्याका प्रश्नहरूको सरल जवाफ प्रदान गर्दछ।
संविधानको उद्देश्य भनेकै वैयक्तिक अधिकारको न्यायपूर्ण सुरक्षाको सामुहिक प्रयास हो। यदि यो सत्य हो भने, योभन्दा ज्यादा प्रामाणिक अरु नहोला कि कानून, प्रकृतिप्रदत्त अधिकारको न्यायपूर्ण रक्षा गर्ने संस्था हो। यो व्यक्तिगत समूहका निम्ति आम समूहको विकल्प हो। र व्यक्ति, स्वतन्त्रता र सम्पत्तिको सुरक्षा एवं हामी सबैका लागि न्यायको शासन प्रत्याभूत गराउने तथा अधिकारको रक्षा गर्ने जस्ता प्राकृतिक र न्यायपूर्ण अधिकार जस्ता व्यक्तिगत समूहले गर्ने काम नै आम समूहले पनि गर्नु पर्ने काम हो।
शक्ति प्रयोग गरेरै सही, यदि प्रत्येक व्यक्तिलाई आफूभित्र रहेको व्यक्ति, स्वतन्त्रता र सम्पत्तिको रक्षा गर्ने अधिकार छ भने मानिसहरूको समूहलाई पनि यो अधिकार सदैव जोगाउनका लागि एउटा आम समूह गठन गर्ने र त्यसलाई सघाउने हक छ। यसरी सामूहिक अधिकारको सिद्वान्तको उपस्थिति र यसको न्यायपूर्णता वैयक्तिक अधिकारमा आधारित छ। र, जसका निम्ति सामूहिक अधिकारलाई संरक्षण गर्ने आम समूहले वैकल्पिक रुपमा गर्दछ, त्यसका लागि बाहेक तर्कसङ्गत रुपमा कुनै अन्य उद्देष्य वा ल73य त्यसले अँगाल्न मिल्दैन। यसअनुरुप एक जना व्यक्तिले अर्को कुनै व्यक्तिको जीवन, स्वतन्त्रता र सम्पत्तिका विरुद्ध जसरी न्यायपूर्ण रुपमा बल प्रयोग गर्न मिल्दैन, त्यसैगरी आम समूहले पनि यिनै कारणका लागि व्यक्ति वा समूहको जीवन, स्वतन्त्रता वा सम्पत्ति नाश गर्ने काम न्यायपूर्ण रुपमा गर्न मिल्दैन।
तर, दुर्भाग्यवश, अकारण कानूनले आफ्नो वास्तविक कार्यप्रणालीलाई सीमित राखेको छ। र, यसले वास्तविक कार्यप्रणालीको परिधि नाघ्दा केवल केही महत्वहीन र विवादयोग्य कुरामा त्यसो गरेको छैन। कानून यसभन्दा अझै टाढा पुगेको छ, यो आफ्नो उद्देष्यको सीधा विपरीत पनि देखिएको छ। आफ्नै उद्देष्य नाश गर्न पनि प्रयोग भएको छ कानून, न्यायलाई कायम गर्न प्रयोग हुनुपर्नेमा ध्वस्त गर्न यसको प्रयोग भएको छ . न्यायको सम्मान गर्ने वास्तविक उद्देष्य हुनुपर्नेमा अधिकारलाई सीमित गर्ने र विनाश गर्ने काममा यसको प्रयोग भएको छ। सामूहिक शक्तिलाई कानूनले भ्रष्टहरूको हातमा सुम्पिएको छ, जो बिना जोखिम अरुहरूको वैयक्तिक, स्वतन्त्रता र सम्पत्तिको शोषण गर्न चाहन्छन्। लूटलाई संरक्षण दिनका लागि यसले लूटलाई अधिकारमा परिवर्तन गरेको छ। र न्यायपूर्ण प्रतिरक्षालाई द0ड दिनका लागि यसले न्यायपूर्ण संरक्षणलाई अपराधमा बदलिदिएको छ।
शक्तिको यस्ता खाले दुरुपयोग, दुवै घटनामा हाम्रो सिद्धान्त विपरीत हुन जान्छ। आफ्नो व्यक्तिगत अधिकारको रक्षा गर्न हामीलाई शक्ति उपलब्ध भएको हो। आफ्ना भाइबन्धुहरूको समान अधिकारलाई नाश गर्न हामीले शक्ति पाएका हौँ भन्न सक्ने कसैको सामर्थ्य छ र कुनै पनि व्यक्तिले अर्काको अधिकार नाश गर्न शक्तिलाई छुट्टै तरिकाले न्यायपूर्ण रुपमा प्रयोग गर्न मिल्दैन। आम समूह भनेको नै व्यक्तिगत समूहको सङ्गठित सम्मिश्रण हो। त्यसैले तर्कसङ्गत रुपमा व्यक्तिले मात्र सो सिद्धान्तको अनुशरण गर्ने होइन आम समूहका निम्ति पनि यो समान सिद्धान्त लागू हुन्छ।
सामान्यता संविधान सरल र स्पष्ट हुन्छ जसले कुनै पनि व्यक्तिको असीमित अधिकारहरुको वैधानिक रक्षा गर्दछ। अर्थात जीवन स्वतन्त्रता र सम्पतिको अन्योन्यश्रित आधारहरु सुरक्षित गरिएका हुन्छन। यी अधिकारहरुको हरणमा न्यायिक उपचारको बाटो र्निक्योल पनि गरिएको हुन्छ /
Subscribe to:
Post Comments (Atom)
0 comments
Post a Comment