दुरुपयोग

Wednesday, December 9, 2009

केहि समय अगाडी बिरामी पिताको उपचारको लागि सिंगापुर गएकी सुजाता कोइरालाले महँगो होटेलमा बसेर महँगो कार भाडामा लिएर राज्य कोषको दुरुपयोग गरिन भन्ने बिषयले धेरै चर्चा पायो / तेसको केहि समय अगाडी अहिलेका प्रधानमन्त्री माधव कुमार नेपालले  संयुक्त रास्त्रसंघको सभामा जादा जम्बो टोलि लगेर राज्यकोषको दुरुपयोग गरे भनेर आलोचित भए / हालै उनि डेनमार्कको कोपेन्हेगेनमा हुने जलवायु सम्बन्धि सम्मेलनमा सहभागी हुन जम्बो टोलि लिएर फेरी राज्य कोष को चरम दुरुपयोग गरिरहेका छन् / पूर्व प्रधानमन्त्री तथा आफुलाई सर्बहाराको नेता भन्ने  माओबादीका नेता प्रचण्डले आफु प्रधानमन्त्री हुदा  लाखौ पर्ने खाट किनेर राज्यको ढुकुटी सखाप पारेतेस्तै गरि नेपालका मन्त्रि, पूर्व मन्त्रि, सचिब अन्य कर्मचारीहरुले महंगा गाडी आफुले मात्र प्रयोग नगरी आफ्नो परिवारका सदस्य हरुले समेत प्रयोग गर्ने गरेको कोहि बाट छिपेको छैन /हुलाकको हल्काराले चिठीपत्रहरु घरघर सम्म  लाग्नको लागि उससंग केहिपनि सवारी साधन हुदैन तर तेही हुलाकको माथिल्लो तहको कर्मचारीसंग गाडी सुबिधा हुन्छ उसले त्यो गाडी घर कार्यालय अनि आफ्नो घरायेशी कामको लागि प्रयोग गर्छ / अनि हुलाकले कसरि छिटो छरितो सेवा दिन सक्ला हामी जनताका चिठीपत्र समयमानै सहि ठाउमा पुग्ला ? येस्ता उधारणहरु हामी अनगिन्ति प्रस्तुत गर्न सक्छौ / विदेशमा लगेर राज्यले एकजना नेतालाई करोडौ रुपैया खर्च गर्न सक्छ तर तेही कालिकोटमा झाडापखाला लगेर सारा गाउले मर्दा पनि औसधि पुर्याउन सक्दैन
एस्ता उदाहरण हरु हामी संग धेरै छन् / यो बैध लुटको उदहारण हो / प्रजातन्त्र समाजबादको नाम मा विभिन्न कानुन बनाएर गरिब जनतासंग कर लिने अनि तेस रकमलाई आफ्नो स्वार्थ आफ्नो सुबिधाको लागि प्रयोग गर्ने / यो लुट नभएर के हो ? एउटा गरिबले मट्टीतेल किन्दा होस् वा सियो किन्दा होस् , उसले कर तिरेको हुन्छ / एदी उसलाई कर नलिने हो भने उसले त्यो पैसा बचत गर्न सक्छ तेसबाट आफ्नो परिवारको उपचार बच्चाको पढाई मा खर्च गर्न सक्छजनतासंग कर लिने अनि तेस्लाई नेताले मनलाग्दी आफ्नो सेवा सुबिधा मा मनलाग्दी खर्च गर्ने कस्तो प्रजातन्त्र हो यो? अनि कस्तो समाजबाद हो योनेपाली इतिहासलाइ हेर्ने हो भने यो एउटा परम्परा जस्तै बनिसकेको / राणाकालमा राणाहरुले जनतासंग उठाएको करले आफ्नो सेवा सुबिधामा मात्र खर्च गर्थे / पंचायेती बेबस्था मा पनि यो क्रम रोकिएन / प्रजातन्त्र आयो , गणतन्त्र आयो तर यो लुट को सस्कार रोकिएन / हामी जनताले हाम्रो पैसाको दुरुपयोग रोक्न सकेनौ / राजनैतिक बेबस्था परिबर्तन भयो तर नेताहरुमा परिबर्तन आएन / यो सस्कार नरोकिने हो भने अब हामीले कर किन तिर्ने ? नतिरे हुदैन?

0 comments

Post a Comment