सम्पतिको अधिकार

Thursday, December 17, 2009

सम्पति भन्नाले साम्पतिक अधिकारलाई बुझिन्छ / सम्पति हस्तान्तरण हुन सक्ने हुनाले अधिकार को द्योतक मानिन्छ / सम्पतिमा मुर्त अमुर्त, दृश्य अदृश्य सम्पतिको अधिकार सम्मिलित हुन्छ / प्राचिनकालमा हिन्दुहरुमा घर जगा, जमिन, सुन, चादी, पशु आदिको अतिरिक्त पुत्र पुत्रिहरुलाई पनि सम्पतिको रुपमा गणना गरिन्थ्यो / प्रत्येक मान्छेको आफ्नै सम्पति हुन्छ / बेक्तिमा निहित अधिकार नै सम्पति हो /  सम्पति अधिकार मानिसका असिमित अधिकारहरुका संग्रह हुन् / तर राज्य र गैर राज्यका केहि सिमित बेक्तीहरुले एस अधिकारलाइ सिमित गराउछन / राज्यले कानुनको प्रयोग गरेर बेक्तिको असिमित अधिकारलाई सिमित गरिन्छ भने गैर राज्यले लुटको माध्यमबाट यो अधिकारलाइ सिमित पारिन्छ /


एस अबस्थामा सम्पति र स्वामित्वोको बारेमा प्रस्ट हुनु पर्दछ / स्वामित्व पूर्णतया प्राकृतिक बेक्तिको अधिनमा रहनु पर्दछ / स्वामित्व बिना कुनै सम्पति हुनै सक्दैन / अर्थात् प्रत्येक बेक्तिको जिबन, स्वतन्त्रता , ख्याती सबै आफ्नै अधिनमा रहन्छ / कुनै बेक्तिको सम्पति केवल निजको स्वामित्व मात्र हो / सम्पति हाम्रो जिबनको अभिन्न अङ्ग हो / यो सबै मानिसहरुमा हुन्छ / मानिसको निम्ति एसको बारेमा सीकौनै पर्दैन, किनभने यो प्राकृतिक हो / 

प्राकृतिक स्रोतमा आफ्नो कौशल, बुद्दी र बिबेकको निरंतर प्रयोग गरेर एबम एकनास श्रम गरेर मात्र मानिस बाच्न र आफ्ना चाहानाहरुलाई पूर्ति गर्न सक्छ / सम्पतिको उद्गम नै यो प्रक्रिया हो / तर सत्य त यो पनि हो कि मानिसहरुले अर्काको श्रमबाट भएको उत्पादनमा कब्जा जमाएर एबम उपभोग गरेर पनि आफ्ना चाहना पूर्ति गर्न र बाच्न सक्छ / येही प्रक्रिया नै लुटको उद्गम हो / प्राकृतिक रुपमा मान्छे दुखलाई पन्छुना चाहने स्वोभाबको हुन्छ र परिश्रम त आफैमा दुख हो / तेसैले जबजब काम गर्नु भन्दा लुट्नु सजिलो हुन्छ, मान्छेले लुटकै बाटो अनुसरण गर्छ / यो कुरा इतिहासदेखी नै देखिन्छ / र एस्तो अबस्थामा न धर्मले न त नैतिक्तालेनै  एस्लाई रोक्न सक्छ / अहिले हाम्रो देसमा एस्तो लुट भै रहेको छ / सामन्तीको सम्पति कब्जा गर्ने नाममा बेक्तिगत सम्पति लुट्ने कम भैरहेको छ / 
तेसो भए यो लुट कहिले रोकिन्छ त रोकिन्छ / त्येस अबस्थामा मात्र जब परिश्रम गर्नु भन्दा लुट्नु  बढी कस्टकर र असुरकक्छित हुन्छ / तेसकारण यो प्रस्ट छ कि श्रम भन्दा लुट सहि भन्ने घातक प्रबृत्तिलाइ रोक्न सामुहिक बलको शक्तिलाई उपयोग गर्नु नै कानुनको सहि उदेश्य हो / मतलब दण्डहीनताको अन्त हुनु पर्दछ / कानुनले हर उपायको प्रयोग गरेर सम्पतिको बचाऊ गर्नु पर्दछ  र लुट लाई  दण्ड दिनुपर्छ /

मानिसले प्राकृतिक स्रोतमा लगाउने श्रम, सिप, ज्ञान र बुद्दी नै सम्पति आर्जन गर्नको लागि हो / एदी उसले आर्जन गरेको सम्पतिको बचाऊ हुदैन वा त्यो सम्पति लुटिन्छ भने उसले आफ्नो श्रम र बुद्दी लागौदैन र उत्पादन पनि हुदैन / नया नया आविस्कार पनि हुदैन र मानब विकासमा पनि अबरोध हुन्छ / जस्तै माइक्रोसफटका बिल गेट्सले आफ्नो सम्पतिको लुट हुने भए सफ्टवेरमा तेत्रो लगानी गर्ने थिएनन् / थप सम्पति आर्जन गर्नको लागि नै लागनी गरेका हुन् / उनले गरेको लगानी र श्रमले सारा मानब जातिले आज फाइदा उठिरहेको छ / एदी सम्पतिको अधिकार उनीमा थिएन भने उनले न त लगानी गर्थे न त संसारले कम्पुटरको एती सहज उपयोग गर्न सक्थ्यो /


0 comments

Post a Comment